प्रचण्डको सम्पत्ति विवरणमा शंका

भक्तपुर न्यूज

३० मंसिर २०७३ ७:१३

प्रचण्डको  सम्पत्ति विवरणमा शंका

काठमाडौं३० मंसिर । प्रधानमन्त्री प्रचण्डले भरेको सम्पत्ति विवरणसम्बन्धी फारम र करिब १० वर्ष पहिले पार्टीमा बुझाएको सम्पत्ति विवरणमा केही घटबढ देखिएको छ । प्रधानमन्त्री प्रचण्डको सम्पत्ति विवरणमाथि धेरैले प्रश्न उठाएका छन् । उनको यो सम्पत्ति विवरणलाई ‘अस्वाभाविक’ भन्दै शंका गर्नेहरु धेरै छन् । जस्तो कि प्रधानमन्त्रीले एक्लो छोरा प्रकाश दाहालसँग रहेको अचल वा लजिस्टिक सम्पत्ति उल्लेख गरेका छैनन् ।

पहिलो संविधानसभा देखि नै सभासदसमेत रहँदै आएका उनले आफ्नो पारिश्रमिक एवं तलब भत्ताको आर्जनबारे सम्पत्ति विवरण फारममा उल्लेख नगरेका कारणले पनि यो सम्पत्ति विवरण औपचारिक एवं झारा टार्ने खालको मात्रै देखिएको धेरैको प्रतिक्रिया छ ।पूर्वप्रधानमन्त्री सुशील कोइरालाले आफूसँग रहेको मोबाइल पनि सार्वजनिक गरेका थिए । प्रचण्ड सरकारकै कतिपय मन्त्रीहरुले आफूसित रहेको कम्प्युटर, ल्यापटप र मोबाइलहरुको पनि विवरण भरेका छन् । तर, प्रधानमन्त्री प्रचण्डले यस्ता चिजहरुको विवरण फारममा उल्लेख गरेका छैनन् । यसले गर्दा पनि उनको सम्पत्ति विवरण औपचारिकता जस्तो बन्न पुगेको छ ।

त्यतिबेला भूमिगत माओवादी अध्यक्ष प्रचण्डले आफ्नो सम्पत्ति विवरणमा यस्तो उल्लेख गरेका थिएः

नाम- पुष्पकमल दाहाल (टेकनाम-प्रचण्ड)
नगद- छैन ।
घर /घडेरी (अन्दाजी मूल्यसहित) – श्रीमतीसहितको एक कठ्ठा सातधुर (भरतपुर, चितवन) मूल्य-अञ्दाजी ३/४ लाख
सामान तथा लजिष्टिक (अञ्दाजी मूल्य) छैन ।

सुनचाँदी तथा गरगहना (अञ्दाजी मूल्य) – २ तोला सुन

१० वर्षमा जग्गा घट्यो, सुन थपियो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *