तनावमा करण

भक्तपुर न्यूज

२९ मंसिर २०७३ ११:०३

तनावमा करण

एजेन्सी  २९ मंसिर । चर्चित टक शो ‘कफी विथ करण’ले १०० भाग पूरा गरेको छ । तर, यसका संचालक करण जोहर भने निकै चिन्तित छन् । उनलाई लाग्न थालेको छ कि उनको शोमा आउने कलाकारहरु पहिला खुलेर कुरा गर्थे तर, अहिले गम्भिर हुन थालेका छन् । आफ्नो शोमा बोलेकै कारण केहि कलाकार विवादमा समेत परेकाले यस्तो गर्न थालेको उनको वुझाई छ ।

यदि स्टारहरुले विवादित विषयमा टिप्पणी गर्न चाहेनन् भने शोको लोकप्रियता घट्नेमा शंका छैन । करणको भनाई अनुसार केहि अनलाइन र सामाजिक सञ्जालले कुनै पनि प्रसंगलाई तत्कालै भाइरल बनाइदिन्छन् । उनी भन्छन्-‘कसैले एउटा सन्दर्भमा कुनै कुरा रमाइलोका लागि केहि भनेको हुन्छ तर, त्यहि कुराको गलत अर्थ लगाईन्छ’ । उनले यस किसिमको प्रवृत्ति नराम्रो भएको भनेर टिप्पणी गरे । उनको शो सन् २००४ मा सुरु भएको थियो । पहिलो अतिथी थिए, नायक साहरुख खान र काजोल । उनको शोमा आउने कलाकारले चर्चा मात्रै पाएका छैनन्, कार्यक्रममा बोलेकै कारण विवादको सामना पनि गर्नु परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *