सिहंले दुई नम्बर प्रदेशको जिम्मेवारी छोडे

भक्तपुर न्यूज

२९ मंसिर २०७३ १०:३६

सिहंले दुई नम्बर प्रदेशको जिम्मेवारी छोडे

काठमाडौं २९ मंसिर ।स्थानीय तह पुनर्संरचना आयोगका सदस्य सुनीलरञ्जन सिंहले दुई नम्बर प्रदेशको संयोजकबाट राजीनामा दिएका छन्। मधेसी मोर्चाको अवरोधका कारण दुई नम्बर प्रदेशका ८ जिल्लामा स्थानीय तह पुनसंरचनाको काम अघि बढ्न नसकेपछि उनले राजीनमा दिएका हुन्। मधेसी मोर्चाको अवरोधका कारण यी जिल्लमा पुनर्संरचनाबारे छलफलै हुन नसकेको उनले सेतोपाटीलाई बताए। ती जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई आयोगमा बोलाएर छलफल गर्दा समेत सहमति नभएपछि उनले प्रदेशको जिम्मेवारी छोडेका हुन्।

‘दलहरू सहमतिमा नपुगेपछि मैले मात्रै गर्न सक्ने केही हुँदैन,’ उनले भने, ‘आयोगले अन्यत्रको काम सक्नै लाग्दा समेत यो प्रदेशमा विवाद कायमै छ। अनि कसरी काम गर्ने ।आफ्नो एक्लो प्रयासले यहाँको समस्या नसुल्झिएको भन्दै अब आयोगले सम्पूर्ण ध्यान दुई नम्बर प्रदेशमा केन्द्रीत गर्नुपर्ने उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *