के पी ओली नायक बन्दै ।

भक्तपुर न्यूज

२९ मंसिर २०७३ ७:०३

के पी ओली नायक बन्दै ।

काठमाडौं २९ मंसिर । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि चलचित्र बन्ने भएको छ । ‘रातो सूर्य’ नाम राखिएको चलचित्रमा ओली आफैंले पनि नायकको भूमिका निर्वाह गर्ने भएका छन् ।

दिपेन्द्र प्रसाद दाहालको निर्देशनमा बन्ने उक्त चलचित्रमा ओलीको बाल्यकालदेखि ६५ वर्षको अवधिलाई प्रस्तुत गरिने छ । निर्देशक दहालका अनुसार ओलीको १६ देखि ४५ वर्षको उमेरसम्मको भूमिका कलाकार अनुपम शर्माले निर्वाह गर्ने भएका छन् । ४५ वर्षदेखि ६५ वर्षसम्मको भुमिकामा भने ओली आफैं देखिने भएका छन् । त्यसवाफत् ओलीलाई पारिश्रमिक समेत दिइने निर्देशक दाहालले  बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *