चिनियाँ वरिष्ठ नेता नेपाल भ्रमणमा आउँदै
काठमाडौं २९ मंसिर, । चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता ली क्युबाओ नेपाल भ्रमणमा आउने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका प्रचार विभाग प्रमुखसमेत रहेका उनी आगामी शनिबार नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
नेपाल बसाइको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री प्रचण्ड लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड प्रधानमन्त्री भएको बेला चिनियाँ नेताबाट हुन लागेको यो उच्चस्तरीय भ्रमण हो ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार काठमाडौंमा आयोजना हुने चाइना महोत्सवमा उनी सहभागी हुनेछन् । उनले चाइना स्टडी सेन्टरले आयोजना गरेको कार्यक्रममा सहभागी हुने कार्यक्रम पनि तय भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००