भोलीदेखि उर्जा सम्मेलन

भक्तपुर न्यूज

२९ मंसिर २०७३ ६:३५

भोलीदेखि उर्जा सम्मेलन

भक्तपुर २९ मंसिर । स्वतन्त्र उर्जा उत्पादकको संस्था इपानको आयोजनामा भोलीदेखि राजधानीमा उर्जा सम्मेलन सुरु हुदैछ । आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको सरकारको संयोजनमा हुने सम्मेलन आगामी पौष १ गतेसम्म चल्नेछ ।

सम्मेलनमा नेपाल, भारत, चीन, दक्षिण कोरिया, जापान, नर्वे, संयुक्त राज्य अमेरिका, बेलायत, अस्टे«लियाका साथै विभिन्न मुलुकका जलस्रोत विज्ञ, बैंक तथा वित्तिय संस्था, बिमा कम्पनी, कुटनीतिक नियोगका प्रतिनिधि लगायतको उपस्थिति रहनेछ ।

सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यस्तै उर्जामन्त्री जनार्दन शर्मा, उर्जा सचिव अनुपकुमार उपाध्यायले विशेष कार्यपत्र प्रस्तुत गर्ने तयारी भएको जनाएको छ । यस्तै सम्मेलनमा आन्तरिक लगानी, वैदेशिक लगानी एवम् वित्तिय व्यवस्थापन सन्दर्भमा समेत राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय व्यक्तित्वबाट कार्यपत्र प्रस्तुत गरिनेछ । सम्मेलनमा उर्जा सुरक्षाको अवधारणा, विद्युत माग एवम् आपूर्ति विश्लेषण लगायतमा छलफल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *