बिजुक्छेंलाई भेट्न निवासमै आए ओली

भक्तपुर न्यूज

२९ मंसिर २०७३ ६:२७

बिजुक्छेंलाई भेट्न निवासमै आए ओली

भक्तपुर २९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें बिच बिजुक्छें निवासमा भेटघाट भएको छ ।
एमाले अध्यक्ष ओली संसदिय दलका उप नेता सुवास नेम्वाङ र केन्द्रिय सदस्य अग्नी खरेल सहित बिजुक्छें निवासमा वर्तमान राजनीतिक गतिरोधका बिषयमा छलफलका लागि आईपुगेका थिए । झन्डै पौने घन्टाको भेट पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै सुवास नेम्वाङले संबिधान संसोधन प्रस्ताव देशको अहितमा रहेकाले सो संसोधन प्रस्ताव फिर्ता नलिय सम्म नेकपा एमालेले सदन र सडक अन्दोलन अझ मजबुद बनाउँदै लाने बताए । उनले संसाधोनको बिषयमा नेमकिपाको समेत साथ रहेको भन्दै स्थानिय निकायको निर्वाचनका लागि बाटो भने खुल्ला राख्ने बताए ।
भेट पश्चात नारायणमान बिजुक्छेंले सञ्चार कर्मीसँग कुरा गर्दै संसोधन प्रस्ताव नेपाली राजनीतिक दलहरुको चाहाना बिपरित रहेको भन्दै स्थानिय निकायको निर्वाचनका बारे राजनीतिक बृतमा जुन चर्चा चलेको छ यो केटा केटीलाई लालि पप देखाएको जस्तो रहेको बताए । उनले स्थानिय निकायको निर्वाचन लागि आवश्यक नीति नियमहरु बनिनसकेको अवस्थमा निर्वाचन तोेकेका समयमा हुन्छ भन्नु केटा केटीपन भएको बताए । संसोधन प्रस्तावबाट ध्यान मोड्नकै लागि निर्वाचनको बिषय उठेको बिजुक्छेको टिप्पणी रहेको छ । बिजुक्छेंसँगै भेटघाटमा नेमकिपाका केन्द्रिय सचिव सुनिल प्रजापती, केन्द्रिय कोषाध्यक्ष चैत्य राज शाक्य र सभाषद प्रेम सुवाल समेत सहभागि रहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *