आर्सनलले चेल्सीलाई उछिन्ने मौका गुमायो
एजेन्सी २९, मंसिर । चेल्सीलाई पछि पार्दै इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिने मौका आर्सनलले गुमाएको छ। मंगलबार राति भएको खेलमा एभर्टनसँग २–१ ले पराजित भएसँगै आर्सनलको शीर्ष स्थानमा फर्किने मौका गुमेको हो।
एभर्टनका लागि सेमस कोलमेन र विलियम्सले गोल गरेका थिए। आर्सनलले २० औं मिनेटमा एलेक्स सान्चेजको गोलबाट खेलमा अग्रता लिए पनि जोगाउन सकेन। यो हारपछि दोस्रो स्थानको आर्सनलको १६ खेलबाट ३४ अंक छ। एक खेल कम खेलेको शीर्ष स्थानको चेल्सीको ३७ अंक छ। यस्तै १६ खेलबाट २३ अंकसहित एभर्टन सातौं स्थानमा उक्लिएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५