भक्तपुरमाअधिकांश एम्बुलेन्स मापदण्ड विपरीत

भक्तपुर न्यूज

२८ मंसिर २०७३ ८:२५

भक्तपुरमाअधिकांश एम्बुलेन्स मापदण्ड विपरीत

भक्तपुर २८ मंसिर । भक्तपुरमा रहेका अधिकांश एम्बुलेन्स मापदण्ड विपरीत सञ्चालनमा आइरहेको पाइएको छ । यसरी मापदण्ड विपरीत सञ्चालनमा आएका एम्बुलेन्सले गर्दा वीरामीले नियम अनुसार पाउनुपर्ने सेवा सुविधा समेत पाउन सकेका छैनन् ।
सिकिस्त एवं जोखिम अवस्थाका बिरामीका लागि ‘क” वा ‘ख” श्रेणीको एम्बुलेन्स आवश्यक पर्छ । तर, ती एम्बुलेन्स नभएकाले जटिल अवस्थाका बिरामीलाई पनि सामान्य बिरामी बोक्ने ‘ग” श्रेणीकै एम्बुलेन्समा अस्पताल लैजानुपर्ने बाध्यता रहेको बुझिएको छ।
एम्बुलेन्स सेवा सञ्चालन नीतिले अस्पतालको आवश्यकता र बिरामीको किसिमअनुसार एम्बुलेन्सलाई क, ख र ग गरी तीन श्रेणीमा वर्गीकरण गरेको छ । ‘क” वर्गको एम्बुलेन्समा एकजना तालिमप्राप्त प्यारामेडिक, एक डाक्टरसहित इसिजी, कार्डिक मनिटर, भेन्टिलेटर, नेबुलाइजर, हेड इमोबिलाइजेसन, रेडियो कम्युनिकेसन सिस्टम, पल्स अक्स मिटरलगायत सुविधा जडान गरिएको हुुनपर्छ ।
यस्तै, ‘ख” श्रेणीको एमबुलेन्समापनि एक जना प्यारामेडिकसहित प्राथमिक उपचारको सामान, आइभि इन्जेक्सन दिने सामान, स्पाइन सपोर्ट, एयर वे, , अक्सिजन मास्क, ङ्खलोमिटरलगायत सेवा हुनुपर्ने प्रावधान रहेपनि यहां सञ्चालित अधिकांश एम्बुलेन्समा यस्तो सुविधा जडान गरिएको देखिदैन । ग श्रेणीका एम्बुलेन्सका चालकलाई नियमितरुपमा प्राथमिक उपचार तालिम दिइएको हुदैन । एम्बुलेन्समापनि फस्र्ट एड बक्स र अक्सिजन सिलिन्डरमात्रै हुन्छ ।
बिरामी वा घाइतेलाई अस्पतालसम्म सुरक्षित पु¥याँउन तालिमप्राप्त दक्ष चालक हुनुपर्ने प्रावधान एम्बुलेन्स सेवा सञ्चालन नीतिमा छ । तर, नयाँ चालकले प्राथमिक उपचार तालिम नपाएकै बुझिएको छ । पुराना चालकले पनि तालिम नपाएको थुप्रै समय हुन लागिसकेको छ ।
स्वयं एम्बुलेन्स चालक ६ , ६ महिनामा प्राथमिक उपचार तालिम लिन पाउने व्यवस्था हुनुपर्ने बताउँछन । क र ‘ख” श्रेणीको एम्बुलेन्सको खर्च धान्नै गाह्रो छ, त्यसैले एम्बुलेन्सलाई मापदण्ड अनुसार सञ्चालन गर्ने नसकिएको एम्बुलेन्स सञ्चालकहरू बताउँछन । ”ग श्रेणाीका एम्बुलेन्स सामान्य वर्गका विरामी ओसार–पसार गर्ने प्रयोजनका लागि मात्रै हो । नियमनकारी निकायले चासो नदिदा ‘ग” श्रेणीका एम्बुलेन्समा पनि हुनुपर्ने सबै सेवा उपलब्ध छैन ।
कुनै ठूलो दुर्घटना भयो भने स्पटबाटै उपचार गर्न सकिदैन, ड्राइभरले मात्रै एम्बुलेन्स धानिरहेका छन् । कुनै ठूलो दुर्घटना भयो भने स्पटमै उपचार गर्न सकियोस् र अस्पतालसम्म पुग्दा बिरामीको अवस्था खराब नहोस् भनेर एम्बुलेन्समा मेडिकल टिमसहित अन्य सुविधा हुनुपर्ने व्यवस्था गरिएको हुन्छ । तर यहा क र ख श्रेणीका मापदण्ड अनुसारका एम्बुलेन्स छैनन्, यसलाई सञ्चालन गर्नपनि सरोकारवालले चासो देखाएका छन । एम्बुलेन्स अहिले सेवामुखी नभएर नाफा कमाउमुखी भएकै कारणपनि यस्तो समस्या देखिएको आशंका गरीएको छ । सरकारलेपनि एम्बुलेन्सहरू मापदण्ड अनुार सञ्चालन भएनभएको वारे अहिलेसम्म अनुगमन समेत गर्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *