बस दुर्घटना, ९ घाइते
गाइघाट २८ मंसिर । उदयपुरको बेतिनी ब्यापारीघारी भन्ने स्थानमा बस दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । उदयपुरको इनामेबाट कटारी जाँदै गरेको ना ४ ख ७४३४ नम्बरको बस मंगलबार बिहान सडकबाट करिब ५० मिटर तल खसेको हो । घाइतेहरुको कटारी र धरानमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका जीबन बुढाथोकी, देबीमाया श्रेष्ठ र उनकी छोरी पाँच वर्षकी इन्दिरालाई उपचारका लागि धरान पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
