बस दुर्घटना, ९ घाइते
गाइघाट २८ मंसिर । उदयपुरको बेतिनी ब्यापारीघारी भन्ने स्थानमा बस दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । उदयपुरको इनामेबाट कटारी जाँदै गरेको ना ४ ख ७४३४ नम्बरको बस मंगलबार बिहान सडकबाट करिब ५० मिटर तल खसेको हो । घाइतेहरुको कटारी र धरानमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका जीबन बुढाथोकी, देबीमाया श्रेष्ठ र उनकी छोरी पाँच वर्षकी इन्दिरालाई उपचारका लागि धरान पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४