शाहिदले दीपिकासँग रोमान्स गर्न मानेनन्
मुम्बइ २८ मंसिर । । कुनै समय रियलमा दीपिका पादुकोणसँग रोमान्समा रमाएका शाहिद कपुर अब रिलमा पनि दीपिकासँग रोमान्स नगर्ने योजनामा छन् । सञ्जयलीला भन्साली निर्देशित चलचित्र ‘पद्मावती’को सुटिङमा ब्यस्त शाहिदले केहि दृष्यमा दीपिकासँग इन्टिमेट दृष्य दिनुपर्ने थियो । जुन फिल्ममा शाहिद दीपिकाको श्रीमान राजा रतन रावल सिंहको भुमिकामा छन् ।
तर, शाहिदले निर्देशकलाई आग्रह गरेर दीपिकासँग रोमान्स नगर्ने भएका छन् । शाहिदलाई दिपिकासँग रोमान्स गर्न रोक्ने काम भने उनकी श्रीमति मिराले गरेको भारतीय समाचार संस्थाले उल्लेख गरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
