रोनाल्डोले जिते बालोन डि ओर
एजेन्सी २८ मंसिर । रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले लिओनल मेस्सीलाई पछि पार्दै प्रतिष्ठित बालोन डि’ओर अवार्ड जितेका छन् ।बार्सिलोनाका अर्जेन्टिनी स्टार मेस्सी दोस्रो स्थानमा रहे भने एथ्लेटिको मड्रिडका फ्रान्सेली स्ट्राइकर एन्टोनी ग्रिजम्यान तेस्रो स्थानमा रहे ।फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्ने यो अवार्डका लागि ३० फुटबलर मनोनयनमा परेका थिए ।
तर, विश्वभरका १७२ फुटबल पत्रकारको मतका आधारमा रोनाल्डोले बाजी मारे । łमैले चौथो पटक यो सुनौलो बल जित्छु भनेर सोचेको थिइँन, म निकै खुसी छु, रोनाल्डोले भनेका छन् ।३१ वर्षे रोनाल्डोको यो चौथो बालोन डि’ओर हो । उनले सन् २००८, ०१३, ०१४ र यो वर्ष जिते । मेस्सीले भने गत वर्ष पाँचौपटक जितेका थिए, जसमा ०९ देखि लगातार चार वर्ष पनि छ ।
गत वर्ष रियल मड्रिडबाट च्याम्पियन्स लिग जितेका रोनाल्डोेले पोर्चुगललाई युरो कप जिताए । यससँगै बालोन डि’ओरका लागि उनलाई प्रमुख दावेदारका रुपमा हेरिएको थियो । फ्रान्स फुटबलले १९५६ देखि यो अवार्ड प्रदान गर्दै आएको छ । तर पछिल्लो ६ वर्ष यो अवार्ड फिफासँग मिलेर प्रदान गर्दै आएको थियो । तर, यो वर्षबाट अलगिएका छन् ।