नेइमार फर्किए बार्सिलोनामा

भक्तपुर न्यूज

२८ मंसिर २०७३ ६:१२

नेइमार फर्किए बार्सिलोनामा

एजेन्सी २८ मंसिर । बार्सिलोनाका ब्राजिली स्ट्राइकर नेइमार दुई खेलमा अनुपस्थित रहँदै पुनः टोलीमा फर्किएका छन्। कार्ड र फिटनेशका कारण उनी च्याम्पियन्स लिग र ‘ला लिगा’ को खेलमा अनुपस्थित रहेका थिए।

उनले च्याम्पियन्स लिगअन्तर्गत बोरुसिया मोनचेनग्लाडबाच र ‘ला लिगा’ मा ओसासुनाविरूद्धको खेल गुमाएका थिए। यी दुवै खेलमा बार्सिलोना विजयी भएको थियो। नेइमार आगामी साता अर्को ‘डर्बी’ अन्तर्गत इस्पान्योलविरूद्धको खेल अगाडि कतारको भ्रमणमा २३ सदस्यीय टिममा समावेश भएका छन्। बार्सिलोनाले मंगलबार साउदी अरेबियाविरूद्ध कतारको दोहामा मैत्रीपुर्ण खेल खेल्दैछ। यसपछि आउँदो आइतबार बार्सिलोनाको खेल आफ्नो घरेलु मैदानमा इस्पान्योलविरूद्ध हुनेछ। इस्पान्योलविरूद्ध उनलाई उतार्ने विषयमा उनको सुध्रिदै गएको स्वास्थ्यलाई हेरेर निर्णय लिने बताइएको छ।रियल म्याड्रिडविरूद्धको ‘अल क्लासिको’ भिड्न्तमा नेइमारको खुट्टामा चोट लागेको थियो। उनी यसैका कारण पनि विश्राममा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *