झापामा नयाँ ग्यास उद्योग
काठमाडौं २७ मंसिर, । पूर्वमा खाना पकाउने ग्यासको आपुर्तिमा सहजता ल्याउन झापा जिल्लामा चौथो ग्यास उद्योगका रुपमा पाथिभरा ग्यास उद्योगले उत्पादन सुरु गरेको छ । झापाको विर्तामोड(२, चारपानेमा पाथिभरा ग्यास उद्योग प्रा।लि। शनिबारबाट सञ्चालनमा आएको हो । योसँगै जिल्लामा ग्यास उद्योगको सङ्ख्या ४ पुगेको छ ।
यसअघि मेची, त्रिशक्तिरपराजुली र कनकाई ग्यास सञ्चालित थिए । मेची ग्यास उद्योग, दुवागढीमा रहेको छ भने त्रिशक्तिरपराजुली ग्यास, भद्रपुर र कनकाई ग्यास उद्योग, गौरादहमा छ । झापाको जनसङ्ख्यालाई मात्र हेर्ने हो भने ४ वटा ग्यास उद्योग अत्याधिक भएको विज्ञ बताउँछन् ।
‘झापामा ग्यास उद्योगको सङ्ख्या अब अत्याधिक भइसक्यो’, त्रिशक्तिरपराजुली ग्यासका प्रबन्ध निर्देशकसमेत रहेका नेपाल एलपी ग्यास उद्योगका केन्द्रीय सदस्य आदित्य पराजुली भन्छन्, ‘जनसङ्ख्याको आधारमा उद्योगको सङ्ख्या धेरै हो ।’ विज्ञहरुले जनसङ्ख्याको आधारणमा ग्यास उद्योगको सङ्ख्या धेरै भएको बताएपनि झापामा अन्य विभिन्न जिल्लाबाट ग्यासका सिलिण्डर भित्रने गरेका छन् ।