नेपाल आउँन लागेको रेल रक्सोलमा रोकियो
काठमाडौं २७ ,मंसिर । चीनको ग्वान्जाओबाट नेपालका लागि मालवाहक रेल छुटेको छ । गत वैशाखमा काठमाडौंका लागि कार्गो कन्टेनर पठाएको चीनले सात महिनापछि फेरि मालवाहक रेल ग्वान्जाओबाट छुटाएको हो । चिनियाँ सामान भारतको कोलकता बन्दरगाह वीरगञ्ज हुँदै आइरहेकोमा फेरि चीनकै स्थलमार्ग भएर ल्याउन थालिएको हो ।
नेपाली व्यापारीले खरिद गरेको रेडिमेड, लत्ताकपडा, मोबाइल, इलेक्ट्रििकल सामानबोकेर रेल शुक्रबार चीनको ग्वान्जाओबाट तिब्बत ग्याइरोङतर्फ छुटेको चिनिँया समाचार संस्था सिन्ह्वाले जनाएको छ । उता रक्सोलस्थित भारतीय कस्टम कार्यालयनजिकै स्थानीयले आइतबार बिहानैदेखि धर्ना दिएपछि रेल्वेमार्फत नेपाल आउने सामान रोकिएका छन् ।
धर्नाले नेपाल आउने दैनिक डेढ सयभन्दा बढी गाडीमा आउने औद्योगिक कच्चा पदार्थ रोकिएपछि आयातकर्ता चिन्तित बनेको आजको नागरिक दैनिकमा खवर छ । वीरगन्जसँग जोडिएको यस नाकामा स्थानीय र भारतीय रेल्वेबीच जारी प्रदूषणसम्बन्धी विवादको चपेटामा नेपाली आयत परेको हो ।