भेनेजुएलामा नोटबन्दी, ७२ घण्टा भित्र सिक्कामा बदल्ने

भक्तपुर न्यूज

२७ मंसिर २०७३ ८:४९

भेनेजुएलामा  नोटबन्दी, ७२ घण्टा भित्र सिक्कामा बदल्ने

एजेन्सी २७ , मंसिर । भेनेजुएला सरकारले ७२ घण्टा भित्र देशको सबैभन्दा ठूलो मूल्यको बैंक नोटलाई सिक्कामा बदल्ने घोषणा गरेको छ । भेनेजुएलामा १०० बोलिवरको बैंक नोटको मूल्यमा पछिल्लो समय गिरावट आएको थियो । अहिले एक सय बोलिवर बैंक नोटको मूल्य दुई अमेरिकी सेन्ट बराबर भएको छ ।

सरकारको यस फैसलाले तस्करी तथा खाद्य समस्याबाट छुटकार पाउने अनुमान गरिएको छ । राष्ट्रपति निकोलस मादुरोले नोट प्रतिवन्धले तस्कर गिरोहलाई पैसा ठेगान लगाउन समय नमिल्ने बताए । गम्भीर आर्थिक तथा राजनीतिक संकटको सामना गरिरहेको भनेजुएलामा महँगी उच्च दरमा बढ्दा महँगीको दर विश्वको सवैभन्दा धेरै भएको छ । यस्तै भारतमा पनि प्रधानमन्त्री नेरन्द्र मोदीले गत महिना ५०० तथा १००० रुपैयाँको नोट बन्द गर्ने घोषणा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *