राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

भक्तपुर न्यूज

२६ मंसिर २०७३ ८:३३

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौं, २६ मंसिर । संविधान संशोधनलाई लिएर राजनीतिक दलहरुमाझ बढ्दो समिकरण र धुव्रिकरणप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले चिन्ता व्यक्त गरेकी छिन् । उनले यस्तो समयमा राजनीतिक गतिरोध अन्त्य गरी संविधान कार्यान्वयनमा दलहरु मिलेर जानुको बिकल्प नभएको बताइन् ।
आज बिहानै राष्ट्रपति भवन शितल निवासमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा भण्डारीले संशोधनको बिषयले दलहरुमाझ बढ्दो दुरीकै कारण संविधान कार्यान्वयनमा अप्ठ्यारो आउन सक्ने भन्दै यता तर्फ सचेत रहन सचेत गराइन् ।
भेटमा प्रधानमन्त्री दाहालले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता संविधान कार्यान्वयनको लागि गरिएता पनि एमालेको असहयोग रहेको गुनासो पोखेका थिए । उनले समस्या समाधानका लागि प्रमुख दलहरुबीच थप छलफल गरि निकास निकाल्न पहल गर्ने बताए ।
भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र सहमतिका लागि सरकारका तर्फबाट भइरहेको प्रयासका बारेमा राष्ट्रपति र प्रधानमन्त्रीबीच कुराकानी भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *