लेबनानले दुई नेपाली महिलालाई देश निकाला गर्यो
लेबनान । लेबनान सरकारले दुई नेपाली महिला कामदारलाई देश निकाला गरेको छ । लेबनान अध्यागमनले सुजना राना र रोजी लिम्बुलाई पक्राउ गरेको थियो । अब नेपाल डिपोर्ट गर्ने भएको छ । अध्यागमनले उनीहरुमाथि अवैधानिक नेपाली कामदारलाई सघाएको र घरेलु कामदार भएर अधिकारकर्मी बनेको आरोप उनीहरुलाई लगाएको छ ।
सुजन र रोजी लेबनानमा रहेका घरेलु कामदारहरुको हकहितका लागि काम गर्दै आएका थिए । र, उनीहरुले नेपाली महिलाहरुको समूह ‘नारी’ समेत बनाएका थिए । सुजना र रोजीलाई देश निकाला गर्ने निर्णयको त्यहाँका नागरिक समाज लगायतले प्रश्न उठाएका छन् । उनीहरुलाई कानुन व्यवसायी राख्न र आफ्नो बचाउ गर्ने मौका दिनुपर्ने र दोषी देखिएमात्र देश निकाला गर्नुपर्ने आवाज उठेको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
३ जेठ २०८२ १४:२१