बार्सिलोनाको प्रभावशाली जित
एजेन्सी, २६ मंसिर । साबिक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा शानदार जित दर्ता गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ३–० ले हराएको हो ।
बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई तथा लुइस स्वारेजले एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको बार्सिलोनाका लागि ५९ औं मिनेटमा स्वारेजले गोल गर्दै सुरुवाति अग्रता दिलाए । त्यसपछि मेस्सीले ७२ औं मिनेट र इन्जुरी समयमा गोल गर्दै भ्रमण टोली बार्सिलोनालाई ३–० को जित दिलाए ।
जितपछि दोस्रो स्थानको बार्सिलोनाको १५ खेलबाट ३१ अंक भएको छ । उ शीर्ष स्थानको रियल मड्रिड भन्दा ६ अंकले पछि छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००