म्यानचेस्टर सिटी लिसेस्टरसँग पराजित
एजेन्सी, २६ मंसिर । म्यानचेस्टर सिटी लिसेस्टरसँग पराजित भएको छ । किङ पावर स्टेडियममा गएराति भएको खेलमा लिसेस्टरले शीर्ष स्थानको होडमा रहेको म्यानचेस्टर सिटीलाई ४–२ ले पराजित गरेको हो ।
लिसेस्टरलाई जिताउने भर्डीले ३, २० र ७८ औं मिनेटमा गरी ह्याट्रिक पूरा गरे । यस्तै एण्डी किङले पनि एक गोल गरे । पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीका लागि एलेकसान्डर कोलारोव र नोलिटोले एक एक गोल गरे ।
जितसँगै लिसेस्टरले पाँच खेलदेखिको लिगमा जित बिहीन यात्रा टुंग्यायो । १५ खेलबाट १६ अंकसहित लिसेस्टर १४ औं स्थानमा छ । यस्तै चौथो स्थानमा झरेको म्यानचेस्टर सिटीको ३० अंक छ र उ शीर्ष स्थानको आर्सनल भन्दा चार अंकले पछि छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१० असार २०८२ १५:४४
ओली सरकार बिचौलियाका लागि बनेको रहेछ : अध्यक्ष यादव
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३३