आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा
एजेन्सी, २६ मंसिर । आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा स्टोक सिटीलाई ३–१ ले हराएर आर्सनल शीर्ष स्थानमा उक्लिएको हो ।
आर्सनलको जितमा थियो वालकोट, मेसुट ओजिल र एलेक्स इओबीले एक एक गोल गरे । स्टोक सिटीका लागि चार्ली एडमले एक गोल फर्काए । २९ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै एडमले स्टोक सिटीलाई सुरुवाति अग्रता दिलाएका थिए । ४२ औं वालकोटले गोल गरेपछि पहिलो हाफमा खेल १–१ को बराबरी भयो । ४९ औं मिनेटमा ओजिलले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए । ७५ औं मिनेटमा इओबीले गोल गरेपछि आर्सनल ३–१ ले विजयी भयो ।
जितपछि आर्सनलको १५ खेलबाट ३४ अंक भएको छ । १४ खेलबाट ३४ अंक नै रहेको चेल्सी गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । आर्सनल लिगका १४ खेलमा अपराजित छ । १९ अंकसहित स्टोक सिटी भने १० औं स्थानमा छ ।