डडेल्धुरामा आगलागी हुँदा ६ वटा पसल जले
डडेल्धुरा, २६ मंसिर । डडेल्धुराको परशुराम नगरपालिका–९ को गाईबाँधे बजारमा आगलागी हुँदा ६ वटा पसल जलेर नष्ट भएका छन् । आगलागीबाट अर्जुन बोहरा, रमेश बोहरा, अक्कल बोहरा, धर्म सिंह बोहरा, लालबहादुर बोहरा र प्रकाश खड्काको पसल जलेर नष्ट भएको इलाका प्रशासन कार्यालयले जोगबुढाले जनाएको छ ।
गएराति साढे १२ बजे सुरु भएको आगो आज विहान ५ बजे नियन्त्रणमा लिइएको हो । आगो नियन्त्रणमा लिन कठिनाई हुँदा ठूलो क्षति भएको इलाका प्रशासन कार्यालयले जनाएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४