काभ्रेमा सवारी दुर्घटना हुँदा दुईको मृत्यु
काभ्रे, २६ मंसिर । काभ्रेको नासिका स्थान १ भैसेपाटीमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ८ जना घाइते भएका छन् । मृत्यु हुनेमा मोरङ मधुवनका मदन श्रेष्ठ र झापाका निलम कार्की रहेको प्रहरीले जानकारी दिएको छ ।
झापाको दमकबाट काठमाडौं आउँदै गरेको मे. १. ज. २१९१ नम्बर को टाटासुमो र विपरित दिशाबाट आइरहेको बा ४ ख ३५५६ नम्बरको टिपर एक आपसमा ठोक्किदा सो दुर्घटना भएको हो ।
घाइते ८ जनाको बनेपास्थित शिर ममोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुकदेव खनालले जानकारी दिनुभयो ।
दुर्घटनापछि ट्रिपर चालक भने फरार भएका छन् । उनको खोजी कार्य सुरु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५