फुटबल रंगशाला बाहिर भएको विस्फोटमा १५ को मृत्यु
एजेन्सी, २६ मंसिर । टर्कीको इस्तानबुलमा फुटबल रंगाशाला नजिक भएका दुई विस्फोटमा परि कम्तिमा २९ जनाको मृत्यु भएको छ भने १ सय ६६ जना घाइते भएका छन् । रंगशाला बाहिर प्रहरी अधिकारीलाई लक्षित गरी बम विष्फोट भएको थियो । बम विस्फोटपछि गोली हानाहान भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रहरी अधिकारीहरूका अनुसार एउटा कार बम र अर्को आत्मघाती आक्रमण रहेको बताएका छन् । टर्कीका दुई प्रमुख क्लब बेसिक्तास र बर्सास्पोरबीच भएको खेल सकिएको दुई घन्टापछि बिस्फोट भएको हो ।
गृहमन्त्री सुलेमान सोयलुले रंगशालाबाट बाहिर निस्कने गेट बाहिर रहेका विशेष प्रहरी फोर्सका अधिकारीहरुलाई लक्षित गरी कार बम विष्फोट गराइएको बताएका छन् । उक्त घटनामा संलग्न भएको आशंकामा १० जनालाई पक्राउ गरिएको जनाइएको छ ।
उक्त आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन् । टर्कीमा पछिल्लो समय यस्ता आक्रमण गर्ने गरेको कुर्दिस विद्रोहीले गरेको हुन सक्ने बताइएको छ ।