आज अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाइदै

भक्तपुर न्यूज

२६ मंसिर २०७३ ६:०३

आज अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाइदै

काठमाडौं, २६ मंसिर । आज अन्तर्राष्ट्रिय पर्वतीय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । संयुक्त राष्ट्रसंघ महासभाले सन् २००३ मा घोषणा गरेपछि दीगो पर्वतीय विकासको महत्वमा जोड दिंदै हरेक वर्ष डिसेम्बर ११ तारिखमा यो दिवस मनाउने गरिएको हो । दिवसका अवसरमा आज सरोकारवाला विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाले विविध कार्यक्रमको आयोजना गरेका छन् ।
दिवसमा जलवायु परिवर्तन र जनसंख्या वृद्धिका कारण पर्वतीय क्षेत्रमा परेको असर न्यूनीकरणमा जोड दिने गरिएको छ । यो वर्ष पर्वतीय क्षेत्रमा बसोबास गर्ने समुदायको संस्कृतिको विविधता र समृद्धिमा जोड दिंदै पर्वतीय संस्कृतिः विविधताको उत्सव र पहिचानको सुदृढीकरण नारा तय गरिएको छ ।
भूर्गविद्हरुका अनुसार पृथ्वीको पाँच भागमध्ये एक भाग पर्वतीय क्षेत्रले ओगटेको छ । पिउन योग्य पानी मध्ये ८० प्रतिशत पानी पर्वतीय क्षेत्रबाटै उपलब्ध हुँदै आएको छ ।
विभिन्न अध्ययनले वन जंगल बिनासका कारण हिमालय क्षेत्रको जलवायु परिवर्तनमा असर परेको औँल्याएका छन् । यसबाट नेपालको पर्वतीय क्षेत्र र बन क्षेत्र झन् जोखीममा परेको छ ।
पर्वतीय क्षेत्रमा विश्वको कुल जनसंख्याको १३ प्रतिशत अर्थात ९१ करोड ५० लाख मानिस मानिस बसोबास गर्ने गरेका छन् । पर्वतीय क्षेत्रले त्यहाँ बसोबास गर्नेको जनजीविका र कल्याणमा मात्रै नभई अप्रत्यक्ष रुपमा तल्लो क्षेत्रमा बसोबास गर्ने करोडौं मानिसलाई पनि फाइदा र्पुयाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *