साउथह्यामटन युरोपा लिगबाट बाहिरियो
एजेन्सी, २४ मंसिर । हापोल वि शेवासँग बराबरी खेलेपछि साउथह्यामटन युरोपा लिगबाट बाहिरिएको छ । गएराति भएको खेलमा हापोल वि शेवासँग १–१ को बराबरी खेलेपछि साउथह्यामटनको नक आउट चरण प्रवेश गर्ने लक्ष्य समाप्त भएको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा ७८ औं मिनेटमा हापोलका लागि मोय बुजिग्लाण्डले गोल गरे । त्यसको १३ मिनेटपछि अर्थात ९१ औं मिनेटमा साउथह्यामटनका भिर्गिल भ्यान डिजेकले गोल गर्दै खेल बराबरीमा ल्याएपनि नक आउट चरणका लागि त्यो पर्याप्त भएन ।
समूह केमा रहेका यी दुवै टिमको ८÷८ अंक भएपनि गोल अन्तरका आधारमा हापोल अन्तिम ३२ अर्थात नक आउट चरणमा प्रवेश गरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००
आजदेखि पेट्रोलमा ५, डिजेल र मट्टितेलमा ४ रुपैयाँ वृद्धि
२० असार २०८२ ६:००