महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा
काठमाडौं, मंसिर २४ । अखिल नेपाल फुटबल संघ एन्फाले भारतमा हुने चौथो महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरेको छ । टोलीमा चार फवार्ड, सात मिडफिल्डर, छ डिफेण्डर र तीन गोलकिपर छन् । नेपाली टोलीको कप्तानमा रेनुका नगरकोटी र उपकप्तानमा आँचल वाइवा छन् । त्यस्तै, कुमार थापा नेपाली टोलीको प्रशिक्षक र अस्मिता खवास सहायक प्रशिक्षक रहेका छन् ।
टोलीमा रहेका खेलाडीमा नमिता कुमारी दली, गिता राना, पुनम जर्घा गमर, हिराकुमारी भुजेल, सपना लामा, दीपा अधिकारी साबित्रा राजभण्डारी, कृष्णा खत्री छन् । यस्तै गरी अनिता बस्नेत, मनमाया लिम्बू, अञ्जिला तुम्बाफो सुब्बा, दीपा राई, शर्मिला थापा, अञ्जना र रानामागर, मञ्जलीकुमारी योञ्जन, कबिता धिमाल, सरु लिम्बु र निर्मला बिक टोलीमा छन् । सुरुमा ३० जना छनौट गरेर अन्तिम २० जनाको नाम आज सार्वजनिक भएको हो ।
श्रीलंका, माल्दिभ्स र भुटानसँगै समूहमा एमा रहेको नेपालले पहिलो खेल पुस ११ गते भुटानसँग खेल्ने छ । भारत, अफगानिस्तान र बंगलादेश समूह बीमा छन् ।