दुई तिहाई बहुमतले राष्ट्रपति पार्कविरुद्धको महाअभियोग प्रस्ताव पारित

भक्तपुर न्यूज

२४ मंसिर २०७३ ९:१२

दुई तिहाई बहुमतले राष्ट्रपति पार्कविरुद्धको महाअभियोग प्रस्ताव पारित

एजेन्सी , २४ मंसिर । दक्षिण कोरियाली राष्ट्रपति पार्क गुएन हाइविरुद्धको महाअभियोग प्रस्ताव संसदमा पारित भएको छ । संसदको ३ सय सदस्य संख्या मध्ये २३४ जनाले महाअभियोग प्रस्तावका पक्षमा मतदान गरे । ५६ सांसदले महाअभियोगको विपक्षमा मत दिएका थिए ।
प्रस्ताव पारित भएसँगै पार्कको सम्पूर्ण कार्यकारी अधिकार प्रधानमन्त्री हुवान कियो आनलमा हस्तान्तरण भएको छ । राजधानी सोलमा लाखौँ व्यक्तिले महिनौँ पार्कविरुद्ध प्रदर्शन गरेपछि महाअभियोग प्रस्ताव पारित भएको हो । पार्कले राजीनामा दिन अस्वीकार गरेकी थिइन् ।
दक्षिण कोरियामा उच्च सरकारी अधिकारीहरु पटकपटक भ्रष्टाचारमा मुछिँदै आएका छन् । सन् १९८७ मा पहिलो पटक स्वतन्त्र निर्वाचनपछि बनेका प्रत्येक राष्ट्रपति छानबिनको घेरामा पर्दै आएका छन् । सन् १९६१ देखि १९७९ सम्म शासनको नेतृत्व गरेका पार्क चुङ हीकी छोरी वर्तमान राष्ट्रपति पार्क गुएन हाइ पनि भ्रष्टाचारमा मुछिएपछि उनको लोकप्रियतामा क्षय भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *