हलेसीका तिर्थयात्री बोकेको बस दुर्घटनामा तीनको मृत्यु
काठमाडौं, २४ मंसिर । खोटाङको प्रसिद्ध हलेसी महादेवको दर्शन गरेर फर्किदै गरेका तीर्थयात्री बोकेको बस उदयपुरको लेखानीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । खोटाङको हलेसी दर्शन गरेर फर्कदै गरेको ना ४ ख ३६२० नम्बरको बस बिहान सडकबाट तल खस्दा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारी प्रमुख डिएसपी चिरञ्जिवी कोइरालाले जानकारी दिए ।
उनका अनुसार सप्तरीबाट हलेसी महादेवको दर्शन गर्न गएको दर्शनार्थीको टोली चढेको बस फर्कने क्रममा दुर्घटना भएको हो । डिएसपी कोइरालाको टोलीले अहिले घटनास्थलमा उद्धार गरिरहको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५