रहेनन् कलाकार आर.पी भट्टराई अर्थात लाजालाम
भक्तपुर, २४ मंसिर । हाँस्य कलाकार आर पी भट्टराई अर्थात लाजालामको निधन भएको छ । भट्टराइको सुतिरहेकै अवस्थामा फूपूको घरमा निधन भएको हो । विराटनगरमै रहेकी आफ्नो फुपुको घरमा उनी हिजो गएका थिए । पारिवारिक स्रोतका अनुसार बेलुकी खाना खाएर उनी सुतेका भट्टराई बिहान उनी मृत अवस्थामा भेटिएका थिए ।
पछिल्लो समय उनले अभिनय गरेको चलचित्र छक्का पन्जा अहिले हलमा चलिरहेको छ । उनले चलचित्र वडा नम्बर ६ लगायतका केहि सफल चलचित्रमा काम गरेका छन् । हाँस्य सिरियल तितो सत्यमा काम गरेपछि उनको चर्चा चुलिएको थियो । यहि सिरियलबाट उनलाई राजालाम उपनामले दर्शकले चिन्ने गर्थे ।
उनले केहि समय अगाडि आफ्नै आवाजमा एल्बम पनि सार्वजनिक गरेका थिए । उनको आवाजमा समावेश कालो रैछु म पनि बोलको गीतको भिडियो केहि हप्ता अगाडि मात्र युटुबमा सार्वजनिक भएको थियो ।
४२ बर्षका आरपी प्रेसर, सुगरबाट पीडित थिए । उनको श्रीमति र २ छोरा छन् ।