चर्चामा आउन सञ्जिवले बाबुरामलाई जुत्ता हाने

भक्तपुर न्यूज

२३ मंसिर २०७३ ८:०५

चर्चामा आउन सञ्जिवले बाबुरामलाई जुत्ता हाने

पोखरा, २३ मंसिर । पोखराको पृथ्वीनारायण क्याम्पसमा स्नाकोत्तर अध्ययनरत सञ्जिव भट्टराईले आफू चर्चामा आउनका लागि नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि विहीबार जुत्ता प्रहार गरेका छन् ।

नयाँ शक्ति विद्यार्थी यूनियनले विहीबार पृथ्वीनारायण क्याम्पस परिसरमा आयोजना गरेको नयाँ विद्यार्थीको स्वागत कार्यक्रममा नयाँ शक्ति पार्टीका संयोजक भट्टराई प्रमुख अतिथि थिए । भट्टराई आउने भएपछि कार्यक्रमको तयारी पनि भब्य गरिएको थियो । भट्टराईसँगै करिश्मा मानन्धर लगायत पनि कार्यक्रममा सहभागी थिए । राजनीतिक दलका नेताहरुले मुलुकको राजनीतिक विगारेको भन्दै नेताहरुप्रति रुष्ट भएका कैलालीका २९ वर्षीय सञ्जिवले नयाँ शक्तिका संयोजक भट्टराईले विद्यार्थीहरुमाझ भाषण गर्दै गर्दा कालो झण्डा देखाएर विरोध गर्नुका साथै जुत्ता प्रहार गरेका थिए ।

कालोझण्डा देखाउँदै बाबुरामलाई जुत्ता हानेपछि प्रहरी हिरासतमा राखिएका सञ्जिवले राजनीतिक दलका नेताहरुप्रति आफ्नो असन्तुष्टि बढेको जनाएका छन् । उनले प्रमुख राजनीतिक दलका अन्य नेताहरुलाई पनि जुत्ता हान्ने योजना रहेको प्रहरीसामु बताएका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि जुत्ता हान्ने मन भएको बताएका छन् । कैलाली नारायणपुरका सञ्जिव पृथ्वीनारायण क्याम्पसमा राजनीतिशास्त्र र अर्थशास्त्रका स्नातकोत्तर अध्ययनरत विद्यार्थी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *