रियल मड्रिड समूह विजेता बन्न चुक्यो
काठमाडौ ,२३ मंसिर । मार्को रियुसको गोलको मदतमा बोरुसिया डर्टमुन्डले रियल मड्रिडसँग बराबरी खेलेको छ । र, च्याम्पियन्स लिगको समूह एफको विजेता बनेको छ ।
बुधबार राति भएको खेलमा बोरुसिया डर्टमुन्डले साविकको विजेतन रियल मड्रिडसँग २(२ को बराबरी खेलेको हो । घरेलु मैदानमा भएको खेलमा रियलले २ गोलको अग्रता जोगाउन सकेन । २८ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै अग्रता दिलाए । ५३ औं मिनेटमा उनले नै अग्रता दोब्बर पारे । तर, बोरुसिया डर्टमुन्डले खेलमा पुनरागमन पर्यो । ६० औं मिनेटमा अमाबियाङले गोल गरे भने ८८ औं मिनेटमा रियुसले बराबरी गोल गरे । यो खेलसँगै बोरुसिया डर्टमुन्ड १४ अंकसहित समूह एफको विजेता बनेको छ भने रियल १२ अंकसहित उपविजेता रहृयो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१९ वैशाख २०८२ १२:१८
कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुने बोर्डको स्पष्टोक्ति
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
१९ वैशाख २०८२ १३:००
चीन-अमेरिकाबिच व्यापार वार्ता हुने सम्भावना
२१ वैशाख २०८२ १२:५९
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
२१ वैशाख २०८२ ९:५२