सिमांकनको नाममा भारतले लुम्बिनी कब्जा गर्दै : पोखरेल
भक्तपुर, २३ मंसिर । नेकपा एमालेका नेता एवं पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले सिमांकनका नाममा ७० बर्ष अघिदेखि लुम्बिनी भारतले कब्जाको रणनीति बनाएको र हाल आएर सफल हुन लागेको बताएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै पोखरेलले नेपालीको चाहनामा भन्दा पनि भारतको इशारामा पाँच नं प्रदेशलाई टुक्राउँदै लुम्बिनी कब्जा गर्ने रणनीति भएको बताएका हुन् ।
उनले प्रतिपक्षलाई जानकारी नै नदिई जसरी संबिधान संशोधनको प्रक्रिया संसदमा बढाएको छ, यो नेपाल र नेपालीको हितमा नरहेकाले यो फेल हुने र सत्ता पक्षले भनेको जस्तो बहुमत नरहेको र सत्ता पक्षकै सांसदहरु संशोधनको बिपक्षमा रहेको बताए ।
वर्तमान समय संबिधान संसोधन नभएर यसको कार्यान्वयन रहेको प्रचण्ड र शेरबहादुर देउवाले बुझ्न नसेको आरोप लगाउँदै नेपाली मिलेर बसको स्थानलाई कसैसको इशरमा गरिन लागेको सिमांकन एमालेको लागि स्विकार्य नरहेका र तोकियको समयमा निर्वाचन गर्नु पर्ने उनले बताए ।