बलिउड अभिनेता दिलीप कुमार अस्पताल भर्ना
एजेन्सी, २२ मंसिर । बलिउड कमेडियन अभिनेता दिलीप कुमारको स्वास्थ्यमा समस्या देखिएको छ। स्वास्थ्यमा समस्या आएपछि उनलाई मुंबईको लिलावती अस्पतालमा हिजो भर्ना गरिएको छ।
उनको दाहिने खुट्टामा समस्या देखिएको छ। रिर्पोट अनुसार डाक्टरले उनलाई जाँच गर्न बोलाएको समयमा अस्पताल जानु पर्ने तालिका भएपनि खुट्टामा निकै समस्या आएपछि तालिका भन्दा अगाबै अस्पताल भर्ना गरिएको उनकी पत्नी सायरा बानेले जानकारी दिइन्।
अस्पतालमा डाक्टरको एक टोलीले उनको उपचारका लागि विशेष निगरानी गरिरहेको छ। उनी पहिले देखिनै चिसोका बिरामी हुन्। उनकी पत्नी सायराले बताए अनुसार उनको स्वास्थ्यमा चाडै सुधार आउने छ। उनलाई ११ डिसेम्बरमा अस्पतालबाट डिस्चार्ज गर्न सकिने डाक्टरले बताएका छन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
