आर्सनल शीर्षस्थानमा
एजेन्सी, २२ मंसिर । च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको अन्तिम खेलमा आर्सनलले शानदार जित दर्ता गरेको छ । गएराति भएको खेलमा समूह ए को आर्सनलले एफसी बासेललाई ४–१ ले पराजित गरेको छ ।
आर्सनलको जितमा लुकास पेरेजले ह्याट्रिक गरे भने एलेक्स इओबीले एक गोल गरेका छन् । बासेलका लागि सेडु डुम्बियाले एक गोल फर्काए । पेरेजले खेल सुरु भएको ८ र १६ मिनेटमा दुई गोल गर्दे पहिलो हाफमा क्लबको अग्रतालाई २–० मा पुर्याएका थिए । दोस्रो हाफको तीन मिनेटमा अर्को गोल थपेपछि उनले ह्याट्रिक पुरा गरे । चौथो गोल एलेक्स इओबीले ५३ मिनेटमा गरे । बासेलले डोम्बियाको गोलमा ७८ मिनेटमा एक गोल फर्काएको थियो ।
समुह ए अन्तर्गतको अर्को खेलमा पेरिस सेन्ट जर्मनी (पिएसजी) लाई लुडोगोरेट्स राजग्राडले २–२ को बराबरीमा रोक्यो । आर्सनल १४ अंकसहित समूह विजेता तथा पिएसजी १२ अंकसहित समूह उपविजेता बन्यो ।