इन्डोनेसियाको आचे प्रान्तमा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प, बीसको मृत्यु
एजेन्सी, २२ मंसिर । इन्डोनेसियाको आचे प्रान्तमा भएको भूकम्पमा कम्तिमा २० जनाको मृत्यु भएको छ । मृतकको संख्या बढ्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समयअनुसार बिहान ५ बजेर ३ मिनेटमा भएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले कयौं घर भत्किएका छन् भने ठूलो संख्यामा घाइतेलाई अस्पताल लगिएको छ ।
भूकम्पका कारण मानिसहरु घरबाट निस्किएर खुला स्थानमा बसेका छन् । कयौं मानिस भत्किएका घरमा फसेका जनाइएको छ । आचे प्रान्तमै सन् २००४ मा ९ दशमलब २ रेक्टर स्केलको भूकम्प भएको थियो ।
त्यसबेला भूकम्प र सुनामीका कारण १ लाख २० हजारबढीले ज्यान गुमाएका थिए । तर, अहिले सुुनामीको कुनै सम्भावना नभएको इन्डोनेसियाको मौसम विभागले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४