व्यापार तथा लगानी विस्तारसम्बन्धि सम्झौतामा हस्ताक्षर
काठमाडौं, २२ मंसिर । गुणस्तरीय भएपनि अन्तर्राष्ट्रिय बजार नपाउनु नेपाली उत्पादनको मूल समस्या हो । सीमित व्यवसायिले व्यक्तिगतरुपमा बजार विस्तारको अभ्यास गरिरहेका बेला अव भने संस्थागत प्रयास गरिने भएको छ । जसले नेपालका मौलिक उत्पादनलाई अन्तर्रा्ष्ट्रिय बजारमा पु¥याउनुका साथ ति क्षेत्रमा लगानी भित्र्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
अन्तर्राष्ट्रिय व्यापार तथा लगानी मञ्च ओविओआर नेपाल र विभिन्न व्यवसायी महासंघबीच व्यापार तथा लगानी विस्तारसम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । ओविओआरको नेपाल सचिवालय चण्डोलमा ओविओर प्रतिनिधि वेन हू तथा ओविओआर नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार र विभिन्न व्यापारीक संघ÷संस्थाका प्रतिनिधिबीच पारस्परिक लाभ तथा हितका लागि व्यापार र लगानी विस्तार सम्झौतामा हस्ताक्षर गरेका हुन् । ओविओआरले नेपाल हस्तकला महासंघ, नेपाल पस्मिना संघ, नेपाल रेशम संघ, केन्द्रीय गलैंचा उत्पादक संघ, नेपाल निर्माण सामग्री व्यापार महासंघ, नेपाल हाते कागज संघ, नेपाल हर्बल प्रोडक्ट्स संघसँग आर्थिक अभिवृद्धि साझदारी गरेको हो । कार्यक्रममा ओविओआर नेपालका अध्यक्ष राजकर्णिकार र उपाध्यक्ष अनिल जोशीले चीनले अघि सारेको वान बेल्ट वान रोडको अवधारणाले नेपालसहित सार्कका मुलुकले लाभ लिन सक्ने भन्दै हातेमालो गरी अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
उद्योग, पर्यटन, जलविद्युतसहित व्यापार प्रवद्र्धन र पूर्वाधार विकासमा ओविओआर नेपालले लगानी गर्ने कार्यक्रममा जानकारी गराइयो ।