सेवा निवृत्त कर्मचारीद्वारा काठमाडौं घोषणा पत्र जारी

भक्तपुर न्यूज

२२ मंसिर २०७३ ५:४७

सेवा निवृत्त कर्मचारीद्वारा काठमाडौं घोषणा पत्र जारी

काठमाडौं, २२ मंसिर । एसिया प्रशान्त क्षेत्रीय सेवा निवृत्त कर्मचारीहरुको टे«ड युनियन संघको पहिलो सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । उक्त सम्मेलनले १७ बुँदे काठमाडौं घोषणा पत्र जारी गरी सम्पन्न भएको हो ।
भक्तपुरको बोडेमा सम्पन्न भएको पूर्व कर्मचारीहरुको सम्मेलनले पेन्सन खादै आएका ज्येष्ठ नागरिकले पनि सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने माग गरिएको छ । नेपालमा हाल ७० वर्ष उमेर पुगेका पेन्सन नलिएका ज्येष्ठ नागरिकले मात्र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् । सरकारले पेन्सन खादै आएका पूर्व कर्मचारीलाई जिविकोपार्जन गर्न पुग्ने पेन्सनको व्यवस्था गर्नुपर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ ।
नेपालको सेवानिवृत्त राष्ट्रसेवक संघले आयोजनामा सम्पन्न भएको उक्त सम्मेलनमा प्रेस विज्ञप्ति जारी गरी सम्मेलनले सेवा विवृत्त कर्मचारीको सामाजिक सुरक्षा सरकारले कडाइका साथ लागू गर्नुपर्ने जनाएको हो ।
सेवा निवृत्त कर्मचारीसँग भएको ज्ञान सीपलाई सरकारले राष्ट्र निर्माण लगाउनुपर्ने, सेवा निवृत्त कर्मचारीले सहज र आरामदायी रुपमा बाँच्न पाउने वातावरण सरकारले बनाउनुपर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ ।
अनाधिकृतरुपमा सम्पत्ति कमाएका व्यक्तिमाथि सरकारलेले बढि कर लगाएर उक्त रकम सामाजिक विकासमा खर्च गर्नुपर्ने, एसिया तथा प्रशान्त ट्रेड युनियनका संघका उपाध्यक्ष मोहनबादुर केसीले जानकारी दिए ।
सम्मेलनमा अमेरिकाका २२, युरोपका ४३, अफ्रिकाका २८ गरी ११ देशका करिब दुई सय सेवा निवृत्त कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपालको तर्फबाट एसिया तथा प्रशान्त ट्रेड युनियनका संघका बरिष्ठ उपाध्यक्ष प्रेमलकुमार खनाल, पेशागत महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेल लगायतले सेवा निवृत्त कर्मचारीसँग धेरै ज्ञान र सीप भएको उल्लेख गर्दै उनीहरुसँग भएको ज्ञान र सीप राज्यले ग्रहण गर्न सक्नुपर्ने विचार व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *