कलेज बन्द गराउने चेतावनी

भक्तपुर न्यूज

२२ मंसिर २०७३ ५:३०

कलेज बन्द गराउने चेतावनी

काठमाडौं, २२ मंसिर । सरकार र डा. गोविन्द केसीबीच भएको १२ बुँदे सम्झौताको एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मेडिकल शिक्षामा देखिएका समस्या र निराकरण छलफलको माध्यामबाट गर्नुपर्नेमा उल्टै डा. गोविन्द केसीको बालहटको पछि लागेर गरिएको सम्झौताप्रति संघले आपत्ति जनाएको छ ।
विज्ञप्ती जारी गर्दै एशोसिएसनले डा. शिव कुमार राईको संयोजकत्वमा गठित समितिको प्रतिवेदन अनुसार शुल्क निर्धारण गर्न माग समेत गरेका छन । एशोसियसनले डा. गोविन्द केसीलाई नेपाल सरकार र मेडिकल शिक्षा सञ्चालनमा कुनै लगानी तथा योगदान नरहेको पनि आरोप लगाएको छ । डा. केसी चिकित्सा शास्त्र अध्ययन संस्थानका प्राध्यापक हुन् विज्ञप्तीमा भनिएिको छ, एशोसियसन डा. राई समितिद्वारा सिफारिस गरिएको शुल्कमा राजधानी बाहिरका कलेजहरुले थप खर्च समायोजन गरी लागू गर्न पनि माग गर्दछ ।
एशोसिएसनले सरकारले एकजना व्यक्तिसंग गरिएको सम्झौता कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने जनाएको छ । एशोसिएसनका अध्यक्ष डा. शुरेसकुमार कनोडियाले सरकारले जर्वजस्तीरुपमा सम्झौता कार्यान्वयन गर्न दबाब दिए नीजि मेडिकल कलेज तथा डेण्टल कलेज बन्द गर्ने चेतावनी पनि दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *