अगुइरो र फर्नान्डिन्होलाई प्रतिबन्ध

भक्तपुर न्यूज

२१ मंसिर २०७३ ७:३४

अगुइरो र फर्नान्डिन्होलाई प्रतिबन्ध

एजेन्सी, २१ मंसिर । म्यानचेस्टर सिटीका अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुइरो र ब्राजिली मिडफिल्डर फर्नान्डिन्हो प्रतिबन्धित भएका छन् । इङ्लिस फुटबल संघ (एफए) ले चेल्सीविरूद्धको खेलमा अनुशासनहीन काम गरेको भन्दै अगुइरोलाई चार खेल र फर्नान्डिन्होलाई तीन खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
गत शनिवार इस्टल्यान्ड्समा भएको प्रिमियर लिगअन्तर्गतको खेलमा अगुइरोले चेल्सीका डिफेन्डर डेभिड लुइजलाई दुई खुट्टाले खतरनाक तरिकाले हिर्काएका थिए । जसका कारण उनी ९० मिनेटपछि रातो कार्ड खाएर मैदानबाट बाहिरिएका थिए । अगुइरोले यो सिजन १६ गोल गरिसकेका छन् । यसअघि पनि उनी वेस्ट हामका विन्सटन रिडलाई कुहिनाले हिर्काएको मुद्धामा तीन खेलमा प्रतिबन्धित भइसकेका छन् । अगुइरोले लेस्टर सिटी, वाटफोर्ड, आर्सनल र हलविरूद्धको खेल गुमानेछन् ।
फर्नान्डिन्होलाई स्पेनिस खेलाडी सेस फार्बिगासको घाँटी निमोठेको मुद्धामा तीन खेलमा प्रतिबन्ध लगाइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *