तामिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन, आजै अन्त्येष्टी गरिने
एजेन्सी, २१ मंसिर । भारतको तमिलनाडुकी मूख्यमन्त्री जयललिताको ६८ वर्षको उमेरमा गएराति निधन भएको छ । हृदयाघातका कारण मुम्बइको एपोलो अस्पतालमा उपचार गराउँदा गराउँदैे उनको गएरातिे निधन भएको हो । २२ सेप्टेम्बरबाट अपोलो अस्पतालमा उपचाररत जयललिताई गत आइतबार बिहान हृदयाघात भएको अस्पतालले जनाएको थियो ।
उनको निधनमा राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत भारतका बिभिन्न दलका नेताले शोक ब्यक्त गरेका छन् । साथै उनको स्वास्थ्य लाभको कामना गर्दै अस्पताल बाहिर बसेका हजारौं शुभचिन्तक निधनको खबरले मर्माहत बनेका छन् ।
जयललिताले चार पटकसम्म मुख्य मन्त्रीको पद सम्हालेकी थिईन् । यस्तै उनले एक सय ४० वटा चलचित्रमा अभिनय पनि गरेकी छन् । १९४८ फेब्रुअरी २४ मा जन्मिएकी जयललिताले सन् १९८२ मा राजनीतिमा प्रवेश गरेकी थिइन् । ८ पटक विधानसभा तथा एक पटक राज्यसभाको चुनाव लडेकी उनी ५ पटक तामिलनाडुको मुख्यमन्त्री बन्नेकी थिइन् ।
उनको आजै अपरान्ह अन्त्येष्टी गरीने छ । उनी पहिलो पटक सन् १९९१ मा तमिलनाडुको मुख्यमन्त्री बनेकी थिइन् । उनको निधनप्रति राज्यमा सात दिनसम्म शोक घोषणा गरिएको छ भने सरकारी भवनहरुका झण्डा आधा झुकाइएको छ ।
यसैबीच तमीलनाडुको मूख्यमन्त्रीमा ओ पनिरसेल्वमलाई मूख्यमन्त्री चयन गरिएको छ । जयललिताको सहयोगीका रुपमा क्रियाशील पनिरसेल्वमले पद तथा गोपनियताको शपथ लिइसेका छन् ।