प्रधानमन्त्री दाहाल र युरोपेली युनियनका राजदूत रिन्चेवीच भेटवार्ता

भक्तपुर न्यूज

२१ मंसिर २०७३ ७:०१

प्रधानमन्त्री दाहाल र युरोपेली युनियनका राजदूत रिन्चेवीच भेटवार्ता

काठमाडौं, २१, मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल र युरोपेली युनियनका राजदूत रिन्चे टिरिन्कवीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको भेटवार्तामा प्रधानमन्त्री दाहाल र टिरिन्कवीच नेपालको संविधान कार्यान्वयन र शान्ति प्रक्रिया लगायतका विषयमा छलफल भएको बताइएको छ ।
भेटमा प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रियाको सफलताका लागि युरोपेली युनियनले खेलेको भूमिका लागि धन्यवाद दिँदै भूकम्पपछिको पुनर्निर्माण एवं विकासका क्षेत्रमा गरेको सहयोगको प्रशंसा गर्नु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
जवाफमा राजदूत टीरिन्काले नेपालको शान्ति प्रक्रिया विश्वमै मौलिक भएको भन्दै यसबाट विश्व समुदायले सकारात्मक शिक्षा लिनसक्ने बताए ।
नेपालको संविधान कार्यान्वयन सफलतापूर्वक अगाडि बढ्नेमा युरोपेली युनियन विश्वस्त रहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *