नेपाल टुक्र्याउने अभिव्यक्ति दिने महन्थलाई जेल हाल्न कांग्रेस नेता घिमिरेको माग
काठमाडौं, २० मंसिर । नेपाली कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर देश टुक्र्याउने अभियानमा लागेको भन्दै उनलाई तत्काल गिरफ्तार गरी कारवाही जेल हाल्न सरकारसँग माग गरेका छन् ।
आफ्नो फेसबुक पेजमा स्टाटस पोष्ट गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा युवा नेता घिमिरेले ठाकुरले देश टुक्र्याउने अभिब्यक्ति दिएकाले राज्यद्रोहमा जेल हाल्न उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरेका छन् ।
हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा तमलोपा अध्यक्ष ठाकुरले मधेस अलग राष्ट्र हुने चेतावनी दिएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत संसदमा प्रतिनिधित्व गर्ने पार्टीका अध्यक्षहरुकै सामु ठाकुरले मधेसीहरुको आवाज नसुनिए मधेस छुट्टै राष्ट्र हुने वताएका थिए । ठाकुरको अभिब्यक्तिको समाचार मूलधारका सञ्चार माध्यमले आज प्रकाशित गरेका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेका घिमिरेले आज बिहान फेसबुक स्टाटस मार्फत ठाकुरलाई राज्यद्रोहमा जेल हाल्न माग गरेका हुन् । आजको संचार माध्यमका अनुसार राष्ट्रपति, प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरू लगायत देशका प्रमुख नेताकै अगाडि देश टुक्र्याउने अभिब्यक्ती दिने तथाकथित मधेसीबादी नेतालाई तुरून्त गिरफ्तार गरेर राजद्रोहको मुद्दा चलाउनु पर्ने होइन र रु राजाको निरंकुशताको बिरोध गर्दा लाग्ने राजद्रोहको बात देश टुक्र्याउँछु भन्नेलाई लाग्ने कि नलाग्नेहरु मोलाहिजाले देश चल्दैन् प्रधानमन्त्रीजी !