न्युजिल्यान्डका प्रधानमन्त्रीको राजिनामा दिने घोषणा
एजेन्सी, २० मंसिर । न्युजिल्याण्डका प्रधानमन्त्री जोन कीले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । ८ वर्षदेखि न्युजिल्याण्डको प्रधानमन्त्री रहनु भएका कीले श्रीमतीको आग्रहमा राजीनामा दिने घोषणा गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
आगामी वर्ष न्युजिल्याण्डमा हुन गई रहेको आम निर्वाचनमा वर्तमान प्रधानमन्त्री जोन फेरी चौथो पटक पनि उठ्ने अडकल धेरैजसो राजनीतिज्ञ तथा आम जनताहरुले गरेका बेला एक्कासी कीले राजीनामा दिएका थिए । तर यस जनभावना बिपरित प्रधानमन्त्रीको राजिनामाको घोषणाले आम जनतालाई अचम्मित तुल्याएको छ ।
राजीनामाको निर्णय आफ्नो जीवनको सबैभन्दा कठिन निर्णय रहेको प्रधानमन्त्री कीले बताउनुभएको छ । कीको राजिनामापछि अब उपप्रधानमन्त्री विल इंग्लिसले नेशन पार्टीले नयाँ प्रधानमन्त्री चयन नगरेसम्म कार्यवहाक प्रधानमन्त्रीको पद समाल्ने छन् ।
की सन् २०१४ को सेप्टेम्बरमा तेस्रो कार्यकालका लागि प्रधामन्त्री बन्नुभएको थियो । उनले आफू प्रधानमन्त्री हुँदाको मूल्य आफ्ना सन्तानले चुकाउनु परेको बताए ।