तामाङको संयोजकत्वमा राप्रपाको विधान संशोधन सुझाव समिति गठन
काठमाडौँ, २० मंसिर । बुद्धिमान तामाङको संयोजकत्वमा आठ सदस्यीय राष्ट्रिय प्रजातन्त्र पार्टीको विधान संशोधन सुझाव समिति गठन गरेको छ । राप्रपा र राप्रपा नेपाल एकीकरण भएपछि विधान संशोधन गर्न लागिएको हो । उक्त समितिमा राजेन्द्र लिङ्देन, सुशील श्रेष्ठ, ठाकुरप्रसाद शर्मा, भरतजङ्ग उप्रेती, कुन्तीकुमारी शाही, नरेन्द्र चौधरी र राजाराम बर्तौला सदस्य रहेका छन् ।
उक्त समितिबाट नेता तथा कार्यकर्ताको भावनालाई सम्बोधन हुने गरी सुझाव सङ्कलन गरेर विधान संशोधनका लागि प्रस्ताव गरिनेछ । आगामी फागुन ६ देखि ९ गते काठमाडौँमा एकीकृत पार्टीको महाधिवेशन हुने छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
८ वैशाख २०८२ १६:४२