९ महिनायताकै सस्तो मूल्यमा सुन

भक्तपुर न्यूज

२० मंसिर २०७३ ६:५९

९ महिनायताकै सस्तो मूल्यमा सुन

काठमाडौं, २० मंसिर । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । हिजो ५४ हजार रुपैयाँ कारोबार भएको सुन आज २ सय रुपैयाँले घटेर प्रतितोला ५३ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य २०७२ साल फागुनयताकै सस्तो हो।
त्यस्तै, चाँदीको मूल्य भने स्थिर नै रहेको छ । हिजो प्रतितोला ७ सय ८५ रुपैयाँमा कारोबार भएकोमा आज पनि ७ सय ८५ मा कारोबार भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *