बर्नमाउथको उत्कृष्ट प्रदर्शनले लिभरपुल पराजित

भक्तपुर न्यूज

२० मंसिर २०७३ ६:४९

बर्नमाउथको उत्कृष्ट प्रदर्शनले लिभरपुल पराजित

एजेन्सी, २० मंसिर । इङग्लिस प्रिमियर लिगको बोर्नमाउथले लिभरपुललाई पराजय गरेको छ । गएराति सम्पन्न खेलमा लिभरपुललाई बर्नमाउथले ४–३ ले हराएको हो । खेलमा बर्नमाउथलाई विजयी गराउन क्यालुम विल्सन, रायन फ्रेजर, स्टिभ कुक र नाथन आकेले एक एक गोल गरे । लिभरपुलका लागि सादियो माने, डिभोक ओरिगी र एम्रे च्यानले एक एक गोल गरेका थिए ।
खेलको २० औँ मिनेटमा लिभरपुलले अग्रता लिएको थियो । लिभरपुलका साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएको २ मिनेटपछि नै डिभोक ओरिजीले गोल गर्दै अग्रतालाई दोब्बर पारे । पहिलो हाफमा २–० गोलअन्तरको अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा आफ्नो अग्रतालाई जोगाउन सकेन । खेलको ५६ औँ मिनेटमा कालुम विल्सनले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुलको अग्रतालाई कम गरे । यसपछि खेलको ६४ औँ मिनेटमा इम्रे क्यानले गोल गर्दै लिभरपुललाई थप बलियो स्थितिमा र्पुयाएका थिए तर, खेलको ७६ औँ मिनेटर्मा यान फ्रेसरले गोल गर्दै बोर्नमाउथलाई पुन अगाडि बढाए । यसपछि खेलको ७९ औँ मिनेटमा स्टिभ कुकले गोल गर्दै बोर्नमाउथलाई बराबरीको स्थितिमा र्पुयाएका थिए । यसपछि खेलको अतिरिक्त समयमा नाथन आकेले गोल गर्दै बोर्नमाउथलाई अग्रता दिलाए र सोही गोल नै निर्णायक बन्न पुग्यो र खेलमा लिभरपुलले पराजय बेहोर्न पुग्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *