म्यानचेस्टर युनाइटेड एभर्टनसँग बराबरीमा रोकियो
म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा फेरि बराबरी खेलेको छ । गएराति एभर्टनसँगको खेलमा १–१ गोलको बराबरी खेलेको हो । एभर्टनको घरेलु मैदानमा भएको खेलमा अन्तिमसमयसम्म १–० ले अघि रहेको म्यानचेस्टर युनाइटेड आफ्नै गल्तीका कारण १–१ मा रोकिन बाध्य भयो ।
४२ औं मिनेटमा जाल्टन इब्राहिमोविचले सुन्दर गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । तर युनाइटेडका लागि ८९ औं मिनेटमा मारोवान फेलाइनीले फल गरेपछि एर्भटनले पेनाल्टी पायो । लेइग्टन बाइनेसले पेनाल्टीलाई सदुपयोग गर्दै घरेलु टोली अन्तिम मिनेटअगाडि बराबरी गोल गर्न सफल भयो । यसअघि युनाइटेड प्रिमियर लिगका पछिल्ला तीन खेलमा बराबरीमा रोकिएको छ ।
गएरातिको खेलसँगै १४ खेलबाट २१ अंक जोडेको युनाइटेड छैटौं स्थानमा छ । २० अंकसहित एभर्टन आठौं स्थानमा छ । समान खेलबाट ३४ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ । यस्तै आर्सनल ३१ अंकसहित दोस्रो र लिभरपुल ३० अंकसहित तेस्रो स्थानमा छन् । यस्तै समान खेलबाट समान अंक जोडेको म्यान्चेष्टर सिटी ३० अंकसहित तालिकाको चौथो स्थानमा छ ।