तामिलनाडुकी मुख्यमन्त्री जयललितालाई हृदययघात, अवस्था गम्भीर
एजेन्सी, २० मंसिर । तामिलनाडुकी मुख्यमन्त्री जयललितालाई हृदयघात भएको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ । गएराति जयललितालाई हृदयघात भएसँगै चेन्नाइको अपोलो अस्पताको आइसीयूमा उपचार भइरहेको छ । अस्पताल बाहिर उनका शुभेच्छुक र शुभचिन्तकको भिड लागेसँगै सुरक्षा व्यवस्था कडा पारिएको बिबिसीले जनाएको छ ।
जयललिता स्वास्थ्यमा समस्या आएपछि २२ सेप्टेम्बरदेखि अस्पतालमा उपचाररत थिइन् । तामिलनाडुका गभर्नरको कार्यभार समाल्न लागेका विद्यासागर राव रातिनै अस्पताल पुगे । जयललिताको मन्त्रीमण्डलका लगभग सबै सदस्य राति नै अस्पताल पुगेका छन् ।
अस्पतालका प्रवंन्धक संगीता रेड्डीले अस्पतालका डाक्टर मुख्यमन्त्रीको उपचारलाई विशेष ध्यानमा राखेर हरसंभव प्रयास गरिरहेको बताइन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३