प्रधानमन्त्री दाहाल र अमेरिकी राजदूत अलाइना टेप्लिजबीच भेटवार्ता

भक्तपुर न्यूज

२० मंसिर २०७३ ६:१२

प्रधानमन्त्री दाहाल र अमेरिकी राजदूत अलाइना टेप्लिजबीच भेटवार्ता

काठमाडौं, २० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिसले शिष्टाचार भेट गरेकी छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरु बीच नेपालको समसामयिक राजनीतिक परिस्थिति र संक्रमणकालीन न्याय एवं यसको व्यवस्थापनबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा प्रधानमन्त्री दाहालले सरकार संविधान कार्यान्वयनमा गम्भीर रहेको भन्दै दलीय सहमतिमै संविधान कार्यान्वयन गरिने स्पष्ट पारेका थिए । नेपालको शान्ति प्रक्रिया र द्वन्द्व व्यवस्थापन मौलिक भएको भन्दै प्रधानमन्त्री दाहालले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगको प्रतिवेदनका आधारमा संक्रमणकालीन न्याय व्यवस्थापन गरिने जानकारी पनि दिएका थिए ।
भेटमा प्रधानमन्त्रीले भर्खरै अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचन र अमेरिकामा रहेका नेपालीको भविष्यबारे पनि चासो राखेको बताइएको छ । राजदूत टेप्लिसले नेपालको राजनीतिक प्रक्रिया सकारात्मक दिशामा अगाडि बढेको, अमेरिका संधै नेपालको शान्ति र प्रगतिको पक्षमा रहेको भन्दै अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचन परिणामले नेपाल र नेपालीमा कुनै नकारात्मक असर नपार्ने जानकारी गराएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *